जुटको मूल्य घट्यो, प्रतिकिलो एक सय रुपैयाँ  « Khabarhub

जुटको मूल्य घट्यो, प्रतिकिलो एक सय रुपैयाँ 


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तराष्ट्रिय बजारमा जुटको उत्पादनको बिक्री घटेका कारण कच्चा जुटको मूल्य घटेर करिब एक सय रुपैयाँ प्रति किलो हाराहारीमा पुगेको छ । 

४ वर्षअघि इतिहासमै सबैभन्दा बढी १२७ रुपैयाँ प्रति किलो पुगेको कच्चा जुटको मूल्य गत वर्ष घटेर ६० रुपैयाँ सम्म पुगेको थियो । तयारी जुट सामग्रीको खपत घटेको र जुट सामग्रीको मुख्य बजार भारतमा जुट सामग्रीको मूल्य घटेकाले कच्चा जुटको मूल्य घटेको नेपाल जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिए । 

जुटको मूल्य घटेका कारण कृषकहरूले यसपटक जुट खेती पनि घटाएको उनले बताए । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ६ वटा जुट उद्योगहरू सञ्चालनमा रहेका छन् । 

जुट सामग्रीको खपत घटेपछि जुट मिलहरुले उत्पादन कटौती गर्न थालेका छन् । सुनसरी मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगहरूले आन्तरिक उत्पादनबाट ३० प्रतिशत र बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बङ्गलादेशबाट आयात गरी तयारी जुट सामग्री भारत निर्यात गर्दै आएको छ । 

भारत र बंगलादेशबाट करिब साढे २ अरब रुपैयाँ बराबरको कच्चा जुट आयात गरी करिब ७ अरब रुपैयाँ बराबरको तयारी जुट सामग्री भारत निर्यात गर्ने गरिएको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ३ : २८ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)