ओलीका हातमा धुपौरो, मीनबहादुरसँग घण्टी ! « Khabarhub

एमाले मुख्यालय शिलान्यास

ओलीका हातमा धुपौरो, मीनबहादुरसँग घण्टी !

भाटभटेनीका मीनबहादुर गुरुङ एमाले समर्थक भएको खुलासा


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र नेकपा एमालेबीचको गहिरो नाता त्यतिबेला खुल्यो, जतिखेर कीर्तिपुरमा प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी गुरुङ एकैसाथ घण्टी र फूलपाती लिएर उभिए ।

कीर्तिपुरको मित्रनगरमा शुक्रबार एमाले अध्यक्ष ओलीले एमाले पार्टी हेडक्वार्टरको वैदिक विधिपूर्वक शिलान्यास गरे । पार्टी कार्यालय रहने १० रोपनी १४ आना जग्गा व्यवसायी गुरुङले एमालेलाई सित्तैमा दान दिएका हुन् ।

गुरुङले एमालेलाई महंगो जग्गा मात्रै दान दिएका होइनन् यहाँ बन्ने पार्टी कार्यालयको सम्पूर्ण संरचनासमेत आफैंले बनाइदिने घोषणा गरेका छन् । आफू निकटको पार्टी भएका कारण एमालेलाई सहयोग गरेको गुरुङको भनाइ छ ।

‘म पहिल्यैदेखि एमालेनिकट हुँ र पार्टीलाई सहयोग गर्न पाउनु मेरा लागि अवसर हो,’ शुक्रबार एमाले मुख्यालयको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै सहभागी बनेका व्यवसायी गुरुङले मिडियालाई प्रतिक्रिया दिँदै भने, ‘यस स्थानमा एक वर्षभित्र भवन बनाएर आगामी घटस्थापनाका दिन हस्तान्तरण गर्ने योजना छ ।’

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले गुरुङबाट दानमा पाएको जमिनमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका छन् ।

व्यवसायी गुरुङ दम्पतीले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालयको भवन निर्माण हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
एमालेलाई जग्गादान दिने मीनबहादुर गुरुङ भाटभटेनी सुपरमार्केटका सञ्चालक हुन् ।

अघिल्लो साता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार ११ रुपैयाँको चेक दिएका थिए ।

गुरुङले ०६८ सालमा त्रिवि शिक्षण अस्पतालका दुईवटा भवनहरु करिब १० करोडको लगानीमा बनाइदिएका थिए । उनले दुर्गम क्षेत्रका दुई जना विद्यार्थीलाई हरेक वर्ष एमबीबीएसको पढाइमा सहयोग गर्दै आएका छन् ।

सन् १९५८ मा खोटाङमा जन्मिएका गुरुङ सामान्य अवस्थाबाट अर्बपति बन्न सफल व्यवसायी हुन् । उनले सन् १९८४ देखि भाटभटेनी सुपरमार्केट सुरु गरेका थिए । अहिले देशभरि भाटभटेनीका २५ भन्दा बढी सुपरमार्केटहरु छन् । बैंकिङ र जलविद्युतको क्षेत्रमा पनि गुरुङको लगानी छ ।

तल्लो वर्गबाट उठेर सफल व्यवसायी बनेका एवं सामाजिक क्षेत्रमा सहयोगदाताको पहिचान बनाएका गुरुङ पछिल्लो समय कतिपय विवादमा समेत पर्ने गरेका छन् ।

पछिल्लो समय बालुटाटार जग्गा प्रकरणमा पनि गुरुङ मुछिए र जेलसमेत जानुप¥यो । बालुवाटारको उक्त जग्गा प्रकरणमा एमाले नेता एवं वर्तमान अर्थमन्त्री विष्णु पौडेल र मीनबहादुरको ‘नेक्सस’ जोडिएको पाइएको थियो ।

त्यसो त संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले भोटभटेनीबाट मानिसहरु ठगिने गरेको आरोप मर्नुअघि फेसबुकमार्फत लगाएका थिए ।

अस्पताल लगायत सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका गुरुङले एमालेको मुख्यालय बनाइदिने जिम्मा लिएसँगै यसले उनको राजनीतिक पक्षधरता खुलेको छ ।

एमाले कार्यालय शिलान्यासका थप दृश्य- ( तस्बिर स्रोत : मिडिया लाइब्रेरी)

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ३ : ५० बजे

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही