उपनिर्वाचनमा एकतावद्ध हुन कार्यकर्तालाई माओवादीको निर्देशन « Khabarhub

उपनिर्वाचनमा एकतावद्ध हुन कार्यकर्तालाई माओवादीको निर्देशन


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सफलता हासिल गर्न योजनावद्ध कार्यक्रम बनाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बिहान बसेको बैठकले पार्टीका उम्मेदवारलाई जिताउन एकतावद्ध भएर अगाडि बढ्न निर्देशन दिएको हो।

यस्तै, बैठकले उपनिर्वाचनमा सत्तामा रहेका कुनै पनि पार्टीसँग सहकार्य नगर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले विपक्षमा रहेका दलहरुसँग भने छलफल गर्न सकिने बताए ।

बैठकले उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सिफारिस अनुमोदन गरेको प्रवक्ता सापकोटाले बताए। 

माओवादीले आगामी मंसिरमा पालिका सम्मेलन र खबरदारी कार्यक्रम गर्ने निर्णय गरेको छ ।

उनले आगामी पुस २ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको समेत जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १२ : २२ बजे

निर्वाचन आउन ८३ दिन बाँकीः समावेशी प्रतिनिधित्व गराउन समिति बन्यो

काठमाडौं – निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया

आजका लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर उच्च बिन्दुमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर २६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार