उपनिर्वाचनमा एकतावद्ध हुन कार्यकर्तालाई माओवादीको निर्देशन « Khabarhub

उपनिर्वाचनमा एकतावद्ध हुन कार्यकर्तालाई माओवादीको निर्देशन


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सफलता हासिल गर्न योजनावद्ध कार्यक्रम बनाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बिहान बसेको बैठकले पार्टीका उम्मेदवारलाई जिताउन एकतावद्ध भएर अगाडि बढ्न निर्देशन दिएको हो।

यस्तै, बैठकले उपनिर्वाचनमा सत्तामा रहेका कुनै पनि पार्टीसँग सहकार्य नगर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले विपक्षमा रहेका दलहरुसँग भने छलफल गर्न सकिने बताए ।

बैठकले उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सिफारिस अनुमोदन गरेको प्रवक्ता सापकोटाले बताए। 

माओवादीले आगामी मंसिरमा पालिका सम्मेलन र खबरदारी कार्यक्रम गर्ने निर्णय गरेको छ ।

उनले आगामी पुस २ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको समेत जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १२ : २२ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा