गौरीशंकर गाउँपालिकाको उपचुनाव : उपाध्यक्षमा भिड्दै पाँच दलका पाँच महिला « Khabarhub

गौरीशंकर गाउँपालिकाको उपचुनाव : उपाध्यक्षमा भिड्दै पाँच दलका पाँच महिला


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

दोलखा– आगामी मंसिर १६ गते रिक्त रहेको स्थानीय तहहरूमा उपनिर्वाचन हुँदै छ । सोही अनुसार दोलखाको गौरीशंकर गाउँपालिकामा पनि उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुँदै छ।

गत स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए । तर उनको गत २०८० साल असार ३१ गते हृदयाघातका कारण निधन भएसँगै पालिकामा पुनः उपाध्यक्षको लागि  निर्वाचन हुन लागेको हो ।

मंसिर १६ गते हुने गौरीशंकर उपनिर्वाचनका लागि नेपाली कांग्रेस सहित पाँच वटा दलहरूले ५ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ ।

नेपाली कांग्रेसबाट पासदिकी तामाङ ,नेकपा एमालेबाट उमा शेर्पा, माओवादी केन्द्रबाट नीमलेकी शेपा, एकिकृत समाजवादीबाट रविना खड्का र राप्रपाबाट मानकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

१२ वटा मतदान केन्द्र रहेको गौरीशंकर गाउँपालिकामा ९ वटा वडाहरू रहेका छन् ।

गत निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र बिचको गठबन्धनबाट गौरीशंकरको नेतृत्व सम्हालेको माओवादी कांग्रेस अहिले एमाले जस्तै गरी छुट्टाछुट्टै उम्मेदवार खडा गरेर चुनावी मैदान होमिएका छन् ।

उम्मेदवारी दर्ता गर्न करिब ४ दिन बाकी रहँदा जिल्लाका पाँच राजनैतिक दलले चुनाव प्रचारप्रसार र मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएको पाइएको छ।

हिजोआज मतदाता मंसिरको चटारोले खेतबारी व्यस्त भेटिन्छन्।गाउँमा मतदाता नभेटेपछि उम्मेदवारहरू  मतदाता खोज्दै  मेला र खेतबारीमै पुगेर भोट माग्न थालेका छन्।

गौरीशंकर गाउँपालिकामा गत निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र बिचको गठबन्धनबाट पालिका अध्यक्षमा माओवादी केन्द्रका विश्वास कार्की र उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ तथा ५ वटा वडामा माओवादी केन्द्र,३ वडामा नेपाली कांग्रेस र एक वडामा नेकपा एमाले निर्वाचित भएको थिए।

तामाङको मृत्यु पछि उक्त पालिकामा उपाध्यक्ष पद रिक्त रहेको छ।यता नेपाली कांग्रेसले उन्नै स्वर्गीय तामाङकी श्रीमती पासदिकि तामाङलाई उम्मेदवार बनाएको छ।भौगोलिक हिसाबले विकट मानिने यस पालिकामा करिब १६ हजार मतदाता रहेका छन् ।
-सुबास बस्नेत

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १ : ०५ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा