साउदी अरबमा जुटे मुस्लिम देशका नेता : गाजा र लेबनानमा इजरायली आक्रमण रोक्न दबाब दिने « Khabarhub

साउदी अरबमा जुटे मुस्लिम देशका नेता : गाजा र लेबनानमा इजरायली आक्रमण रोक्न दबाब दिने


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इस्लामिक देशका नेताहरू साउदी अरबमा भेला हुन थालेका छन । अरब र मुस्लिम देशका नेताहरू सोमबार साउदी अरबको राजधानी रियाद पुगिरहेका छन्।

अरब र मुस्लिम देशका नेताहरू रियादमा हुने एक सम्मेलनमा भाग लिन पुगेका हुन् । यो सम्मेलनमा गाजा र लेबनानमा इजरायलले गरिरहेको आक्रमणमा केन्द्रित छ ।

साउदी अरबको सरकारी सञ्चारमाध्यम वफाका अनुसार प्यालेस्टाइन र लेबनानमा बढ्दो हिंसालाई लिएर यो सम्मेलनले साझा धारणा बनाउँदैछ ।

‘फ्यालेस्टाइन र लेबनानी क्षेत्रमा बढ्दो हिंसा, जसमा क्रुर इजरायली आक्रमणले अरब र इस्लामी नेताहरूलाई तत्काल कुनै न कुनै कारबाही चाल्नुपर्ने दिशातर्फ बाध्य बनाउँदैछ’, सरकारी सञ्चारमाध्यम वफाले भनेको छ ।

यस सम्मेलनको मुख्य प्राथमिकता, प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमण रोक्ने, आममानिसको जीवन रक्षा र त्यस क्षेत्रमा शान्ति कायम गर्दै स्थिरता फर्काउने कामका लागि अन्तरराष्ट्रिय समुदायमाथि दबाब बढाउनु रहेको छ।

रियादमा भइरहेको यस सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ पनि साउदी अरब पुगिसकेका छन् ।

उनले एक्समा लेखेका छन्, ‘रियाद पुगेको छु । जहाँ म गाजामा बिग्रिरहेको स्थितिबारे आयोजित संयुक्त अरब इस्लामिक शिखर सम्मेलनमा मुस्लिम समुदायका नेतासँगै सहभागी हुनेछु । त्यहाँ म प्यालेस्टाइनका बासिन्दाको अधिकारका लागि आवाज उठाउनेछु ।’

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री मोहम्मद इसहाक डारले पनि यस सम्मेलनमा भाग लिँदैछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १ : ३१ बजे

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन

मधेशमा कस्तो छ जुठो बार्ने चलन ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री