सोमबार अन्तिम उडान गरेर एयर इन्डियामा विलय हुँदै ‘भिस्तारा’ « Khabarhub

सोमबार अन्तिम उडान गरेर एयर इन्डियामा विलय हुँदै ‘भिस्तारा’


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय एयरलाइन्स कम्पनी ‘भिस्तारा’ले सोमबार आफ्नो उडान भर्दैछ । यो कम्पनीले पछिल्ला ९ वर्षदेखि भारतीय उड्ययन क्षेत्रमा आफ्नो सेवा दिइरहेको थियो ।

‘भिस्तारा’ सिंगापुर एयरलाइन्स र टाटा सन्सको एक संयुक्त कम्पनी थियो । तर अब यसको विलय टाटा ग्रुपको स्वामित्व रहेको एयरलाइन्स कम्पनी एयर इन्डियामा हुँदैछ ।

यस विलयपछि ‘भिस्तारा’ एयरलाइन्सको परिचालन एयर इन्डियामार्फत गरिनेछ । यसरी विलय हुनेमा यसका हेल्पडेस्कदेखि लिएर टिकट अफिस पनि सामेल छन्।

पछिल्ला केही महिनादेखि भिस्ताराकव बुकिङ र नियमित कार्यक्रमअन्तर्गतका ग्राहकको सेवा एयर इन्डियामा सार्ने क्रम चलेको थियो ।

एयर इन्डियाका प्रवक्ताले यसबारेमा आफ्नव प्रतिक्रिया दिएका छन् । ‘विलय प्रक्रियाको एउटा अंशका रुपमा खाना, सेवा र अन्य सबै सुविधालाई एयर इन्डियामा अपग्रेड गरिँदैछ । यसमा भिस्तारा र एयर इन्डिया दुवैको पहिचानलाई मिलाइँदैछ ।’

यो विलयबाट यात्रीलाई दिइने सेवामा असर पर्ने चिन्ताबीच टाटाले भिस्तारामा मिल्ने उडान सुविधा एयर इन्डियामा पनि यथावत रहने विश्वास दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १ : ४१ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक