नेप्से २२ अंकले बढ्यो, ११ अर्ब बढीको कारोबार  « Khabarhub

नेप्से २२ अंकले बढ्यो, ११ अर्ब बढीको कारोबार 


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.१४ अंकले् बढेको छ । आज नेप्से ०.८० अंकले बढेर २७६०.२१ विन्दुमा आएको छ । ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच भएको छ । 

१४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज बजारमा करिब ५० अंकसम्मको उतारचढाव देखिएको छ । आज नेप्से परिसूचक उच्चतम् २७८२ विन्दु र न्यूनतम २७३४ बिन्दुसम्म पुगेको थियो । 

यस्तै ३०२ कम्पनी कारोबारमा आउँदा १ लाख १३ हजार ९६४ पटक शेयर किनबेच भएको थियो । १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ । आज सबैभन्दा बढी लघुवित्त समूह ३.२० प्रतिशतले बढेर ५ हजार १९८.१९ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक १.०४ प्रतिशतले, लगानी १.२८ प्रतिशतले, जीवन बीमा १.६६ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.०१ प्रतिशतले, म्युचुअल फण्ड ०.१५ प्रतिशतले, अन्य समूह ०.२१ प्रतिशतले र ट्रेडिङ समूह ०.७३ प्रतिशतले बढेको छ । 

सोमबार सबैभन्दा बढी फाइनान्स समूह ०.३० प्रतिशतले घटेर ३ हजार ५७३.२२ विन्दुमा पुगेको छ । त्यस्तै, विकास बैंक ०.१० प्रतिशतले, होटल एण्ड टुरिजम ०.६३ अंकले ९०.० प्रतिशत, हाइड्रोपावर ०.०५ र निर्जीवन बीमा ०.२२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ३ : १९ बजे

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने

कांग्रेसले फागुन २१ को चुनावका लागि देशभर केन्द्रीय संयन्त्र परिचालन गर्ने

काठमाडौं– आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली

माओवादीका राजेश लामा एमाले प्रवेश

काठमाडौँ – नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष

पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतंकवादी आक्रमणको प्रतिक्रिया