नेप्से २२ अंकले बढ्यो, ११ अर्ब बढीको कारोबार  « Khabarhub

नेप्से २२ अंकले बढ्यो, ११ अर्ब बढीको कारोबार 


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.१४ अंकले् बढेको छ । आज नेप्से ०.८० अंकले बढेर २७६०.२१ विन्दुमा आएको छ । ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच भएको छ । 

१४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज बजारमा करिब ५० अंकसम्मको उतारचढाव देखिएको छ । आज नेप्से परिसूचक उच्चतम् २७८२ विन्दु र न्यूनतम २७३४ बिन्दुसम्म पुगेको थियो । 

यस्तै ३०२ कम्पनी कारोबारमा आउँदा १ लाख १३ हजार ९६४ पटक शेयर किनबेच भएको थियो । १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ । आज सबैभन्दा बढी लघुवित्त समूह ३.२० प्रतिशतले बढेर ५ हजार १९८.१९ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक १.०४ प्रतिशतले, लगानी १.२८ प्रतिशतले, जीवन बीमा १.६६ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.०१ प्रतिशतले, म्युचुअल फण्ड ०.१५ प्रतिशतले, अन्य समूह ०.२१ प्रतिशतले र ट्रेडिङ समूह ०.७३ प्रतिशतले बढेको छ । 

सोमबार सबैभन्दा बढी फाइनान्स समूह ०.३० प्रतिशतले घटेर ३ हजार ५७३.२२ विन्दुमा पुगेको छ । त्यस्तै, विकास बैंक ०.१० प्रतिशतले, होटल एण्ड टुरिजम ०.६३ अंकले ९०.० प्रतिशत, हाइड्रोपावर ०.०५ र निर्जीवन बीमा ०.२२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ३ : १९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग