'दार्चुला–टिङ्कर सडक आयोजना अघि बढाइने छ' | Khabarhub Khabarhub

‘दार्चुला–टिङ्कर सडक आयोजना अघि बढाइने छ’


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं रक्षामन्त्री मानवीर राईले दार्चुला–टिङ्कर सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । 

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री राईले नेपाली सेनाले निर्माणको जिम्मा पाएको उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन आफूले सेनासँग समन्वय समेत गरिरहेको बताएका हुन् ।

आर्थिक वर्ष ०७७-७८ बाट निर्माण सुरु गरिएको तथा राष्ट्रिय प्राथमिकतामा परेको उक्त सडक परियोजनाको निर्माण सुस्त भएको भएको गुनासो आउने गरेको छ ।

मन्त्री राईले महाकाली करिडोरलाई तराई–मधेश फास्ट ट्र्याकपछिको प्राथमिकतामा राख्नुपर्नेमा सबैको चासो रहेको जिकिर गरे । त्यस्तै उनले तराई-मधेश फास्ट ट्रयाक समेत कार्तिक अन्तिम साता संसदीय समितिसंग निरीक्षण अनुगमनमा जाने जानकारी दिए । 

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ३ : २७ बजे

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने