‘दार्चुला–टिङ्कर सडक आयोजना अघि बढाइने छ’ « Khabarhub

‘दार्चुला–टिङ्कर सडक आयोजना अघि बढाइने छ’


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री मानवीर राईले दार्चुला–टिङ्कर सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । 

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री राईले नेपाली सेनाले निर्माणको जिम्मा पाएको उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन आफूले सेनासँग समन्वय समेत गरिरहेको बताएका हुन् ।

आर्थिक वर्ष ०७७-७८ बाट निर्माण सुरु गरिएको तथा राष्ट्रिय प्राथमिकतामा परेको उक्त सडक परियोजनाको निर्माण सुस्त भएको भएको गुनासो आउने गरेको छ ।

मन्त्री राईले महाकाली करिडोरलाई तराई–मधेश फास्ट ट्र्याकपछिको प्राथमिकतामा राख्नुपर्नेमा सबैको चासो रहेको जिकिर गरे । त्यस्तै उनले तराई-मधेश फास्ट ट्रयाक समेत कार्तिक अन्तिम साता संसदीय समितिसंग निरीक्षण अनुगमनमा जाने जानकारी दिए । 

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ३ : २७ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक