भरतपुरमा खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो « Khabarhub

भरतपुरमा खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाले अतिक्रमित घरटहरा भत्काउने कार्यलाई निरन्तरता दिएको छ । भरतपुरको मध्य भाग हुँदै बग्ने पुङ्दी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्काएको हो ।

महानगरको गौरवको आयोजनाका रूपमा रहेको पुङ्गी खोलाको सौन्दर्यकरण कार्य गर्दै आइरहेको छ । भरतपुरको वडा नं ११, २, ३ र ४  भई बग्ने खोलाको लम्बाइ छ दशमलव ६५ किलोमिटर रहेको छ । खोलाको दायाँबायाँ वृक्षरोपणलगायत बिहानी र साँझको हिँडाइ गर्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ ।

आज अतिक्रमित संरचना हटाउने क्रममा वडा नं ३ र ४ को सीमाका घरटहरा भत्काउन सुरु गरिएको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रवर्द्धन र सौन्दर्यकरणका लागि १० करोड ८० लाखको ठेक्का लगाइसकेको महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए। यसअन्तर्गत एक दशमलव पाँच किमीमा सौन्दर्यकरणको काम हुनेछ । यसअघि वडा नं ४ मा पर्ने पुङ्गी खोलाको दोभानबाट करिब पाँच सय मिटरको काम सम्पन्न भइसकेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको बताइन्। पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट समेत रु छ करोड ६५ लाख बजेट छुट्याइएको छ ।

वर्षाको समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुवै कार्यलाई तीव्रता दिइएको प्रमुख दाहालले जानकारी दिइन्। उनले अबको तीन वर्षभित्र खोलाको मुहानसम्म सौन्दर्यकरणका काम हुने बताइन्। 

बढ्दो सहरीकरणले भरतपुरमा वर्षाको समयमा आकाशे पानी व्यवस्थापनमा समस्या देखिएपछि पुङ्गीकेरुङगा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको दाहालको भनाइ छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ४ : ३९ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित