‘तेल भिसा’का निर्देशकको प्रष्टीकरण : फिल्मको संवाद भाइरल टिकटकसँग मिल्नु संयोग « Khabarhub

‘तेल भिसा’का निर्देशकको प्रष्टीकरण : फिल्मको संवाद भाइरल टिकटकसँग मिल्नु संयोग


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमा चर्चामा आएका भाइरल संवाद फिल्ममा हुबहु प्रयोग भएका उदाहरण थुप्रै छन् । कतिपय फिल्ममा बच्चाहरुले सुनाउने चुट्किलासम्म समावेश गर्ने गरेको पाइएको छ ।

मंसिर ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘तेल भिसा’ पनि यसबाट टाढा रहन सकेन । फिल्मको ट्रेलरमा प्राथमिकताका साथ राखिएको एक संवाद केही महिना अगाडि भाइरल टिकटक भिडियोमा मिल्दो छ ।

उक्त टिकटक भिडियोमा दिदीले भाइलाई लेख्न-पढ्न सिकाउँदै हुन्छिन् । दिदीले भाइलाई पढ्न सिकाउँदै भन्छिन्, ‘एम अनि वाई । एम वाई- माई । माई भनेको मेरो । माई मेनेको केरे भाइ ?’ अनि भाइले भन्छन्, ‘माइ भनेको तपाईंको ।’

यो पनि…

ऋचा घिमिरेको युटर्न : ‘तुलसी’ बोकेर अमेरिका, नेपाल आउँदा ‘तेल भिसा’

यता फिल्मको ट्रेलरमा छोरा–बुहारीलाई भेट्न अमेरिका जान लागेकी श्रीमतिलाई वृद्धले अंग्रजी सिकाइरहेका हुन्छन् । वृद्ध भूमिका निर्वाह गरेका विपिनले भन्छन्, ‘माइ भनेको मेरो ।’ अनि विपिनले श्रीमतिको भूमिकामा रहेकी पूजा चन्दलाई प्रश्न गर्छन्, ‘माइ भनेको के रे ?’

पूजाले जवाफ फर्काउँछिन्, ‘माई भनेको तपाईंको ।’ यो ट्रेलरको संवाद र टिकटकको संवाद दुरुस्तै छ ।

यो भिडियो भाइरल भएकै छेका ‘तेल भिसा’को छायाङ्कन चितवनमा भइरहेको थियो । कतै निर्देशक एवम् लेखक शंकर घिमिरे उक्त टिकटक भिडियोबाट प्रभावित भएनन् ? यो प्रश्न स्वभाविकरुपमा उठ्ने भइहाल्यो ।

निर्देशक शंकर घिमिरे, वर्षा राउत, विपिन कार्की, ऋचा घिमिरे र बुद्धि तामाङ (क्रमश: दायाँदेखि बायाँसम्म)

निर्देशक घिमिरेले यस विषयमा विभिन्न सामाजिक सञ्जालमा कमेन्ट पढेका रहेछन् । फिल्मबारे जानकारी दिन सोमबार हात्तीसारमा गरिएको पत्रकार सम्मेलनमा उनले यसबारे बोलेका हुन् ।

निर्देशक घिमिरे भन्छन्, ‘म त्यो टिकटक भिडियोबारे जानकार नै थिइनँ । पछि कमेन्ट आएपछि थाहा पाएँ ।’

यो संवाद आफूले दुई वर्षअगाडि नै लेखेको उनको दाबी छ । निर्देशक घिमिरेकी श्रीमती अर्थात् फिल्मकी नायिका ऋचा घिमिरे पनि त्यही दाबी छ । उनले भनिन्, ‘हामीले डेढ वर्ष स्क्रिप्टमा काम गरेका हौँ । त्यो संवाद टिकटक बन्नुभन्दा पहिला नै लेखिएको थियो ।’

यो विषयलाई संयोगका रुपमा मात्रै लिन निर्देशक घिमिरेले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ४३ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट