मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ घर भइ हाल काठमाडौंको मनमैजु बस्ने ४८ वर्षीय रामशरण अधिकारी, पञ्चकन्या गाउँपालिका ३ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका ५२ वर्षीय उत्तम पण्डित, नुवाकोटकै शिवपुरी गाउँपालिका ३ घर भइ काठमाडौंको गंगबु बस्दै आएका ३६ वर्षीय पल छिरिङ शेर्पा, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका ३ घर भइ हाल काठमाडौंको बसुन्धरा बस्ने २६ वर्षीय रमेश तामाङ र मकवानपुरको बकैया गाउँपालिका १ घर भइ काठमाडौंको मूलपानी बस्दै आएका २१ वर्षीय सञ्जय मोक्तानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका पाँचैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरीले जनाएको छ  । बागमती प्रदेश ०२-०४७ प ४६ ६० नम्बर रहेको उक्त मोटरसाइकल काठमाडौंको बानियाँटारबाट हराएको भनी सुमन खड्काले निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४६ प ३३ ७१ नम्बरको मोटरसाइकल काठमाडौंको टोखामा रामशरणले चलाउँदै गरेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको थियो । 

रामशरणलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल उत्तमबाट लिएको र उत्तमले पनि सोही मोटरसाइकल पल छिरिङसँग लिएको खुल्न आए पश्‍चात् दुवैजनालाई काठमाडौंको ठमेलबाट हिजै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानकै क्रममा पल छिरिङलेसमेत उक्त मोटरसाइकल रमेशबाट लिएको भन्ने खुल्न आएपछि खोजी गर्दै जाँदा काठमाडौंको पानीपोखरीमा बागमती प्रदेश ०२-०४८ प ०९ ३३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा रमेश र संजयलाई हिजो नै ट्राफिक प्रहरीले फेला पारेको थियो । 

नियन्त्रणमा आएका उनीहरूका साथबाट लक तोड्न प्रयोग हुने औजार समेत ट्राफिक प्रहरीले बरामद गरेको छ । रमेश र संजय सवार उक्त मोटरसाइकलको वास्तविक नम्बर लुम्बिनी प्रदेश ०१-००२ प ७० ५४ रहेको खुल्न आएको थियो । सोही मोटरसाइकल काठमाडौंको बुढानिलकण्ठबाट हराएको भनी नवराज बरालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

यस कार्यमा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान कार्य जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिए । 

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता चतुर्वेदीले अनुरोध गरेका छन् ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयं सजग भइ सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिएको छ । 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ५ : ४२ बजे

सिरियामा दुई लाख ८० हजारबढी मानिस विस्थापित 

एजेन्सी – सिरियाको उत्तरपश्चिम हयात तहरीर अल–श्याम (एचटीएस) को नेतृत्वमा

देव र बोसिस्टोको अर्धशतकीय पारीमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विराटनगर किङ्स

एनपीएल : विराटनगरविरुद्ध कर्णालीका ओपनर देव खनालको अर्धशतक

तस्बिर : चिरायु शाक्य । काठमाडौं – नेपाल प्रिमियर लिग

उड्डयन सुरक्षाका निम्ति सरकार प्रतिबद्ध : मन्त्री पाण्डे

काठमाडौ‌ं –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन

‘कांग्रेसले भ्रष्टाचारी र कानुन तोड्नेको बचाउ गर्दैन’

नेपाली कांग्रेसको चौधौँ महाधिवेशन सकिएको तीन वर्ष भयो । तर