अनलाइन ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

अनलाइन ठगी गरेको आरोपमा एक जना पक्राउ


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की माछापुच्छ्रे गाउँपालिका-५ ठेगाना भएका २९ वर्षीय सुजन पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

सुजन समेतका व्यक्तिहरूले अनलाइन मार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराई दिने भनी विश्वास दिलाइ पीडितबाट ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रुपैयाँ रकम लिई ल्यापटप नदिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काठमाडौँ ठमेल नर्सिङचोकबाट पक्राउ गरेको हो । 

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको जनाएको छ । 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ३५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म