जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता « Khabarhub

जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौंइशिबा शिगेरु जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । लिबरल डेमोक्रेटिक पार्टीका नेता इशिबा जापानको तल्लो सदनमा भएको निर्वाचनमा निर्वाचित हुँदै जापानको १०३औँ प्रधानमन्त्री बनेका हुन् ।

४६५ सदस्यीय जापानको तल्लो सदनमा भएको दोस्रो राउण्डको मतदानमा इशिबाको पक्षमा २२१ मत परेको थियो भने उनका प्रतिद्वन्दी विपक्षी नेता योशिहिनको नोडाले १६० मत प्राप्त गरेका थिए । त्यस्तै ८४ मत बदर भएका थिए ।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमतका लागि आवश्यक २३३ मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो ।

गत सेप्टेम्बरमा सम्पन्न आम निर्वाचनमा सत्तारुढ दलले बहुमत गुमाएपनि सत्ताबाट बाहिरिन भने नपर्ने भएको छ ।

   

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ५५ बजे

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख

प्रतिनिधिसभा निर्वाचन: आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका