तीन सय ५६ ग्राम सुनसहित एक पक्राउ « Khabarhub

तीन सय ५६ ग्राम सुनसहित एक पक्राउ


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, ‘आज काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलदेखि काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६८५८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा निज कनैया लाललाई सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ गरिएको हो ।’

निज कनैया लालले गुप्ताङ्गमा कार्बनको कागज बाहिर खैरो रङको टेपले बेरेर लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त धातु ११ टुक्रा ल्याएका थिए । घटनाका विषयमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : ४० बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा