राजेश हमाल लुम्बिनी लायन्सको ‘ब्राण्ड एम्बासडर’ « Khabarhub

राजेश हमाल लुम्बिनी लायन्सको ‘ब्राण्ड एम्बासडर’


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको सहभागी टोलीमध्ये लुम्बिनी लायन्सले महानायक राजेश हमाललाई आफनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि लुम्बिनी लायन्सले चलचित्र क्षेत्रका महानायक हमाललाई ब्रान्ड एम्बास्डर घोषणा गरेको हो । लुम्बिनी लाइन्सद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र महानायक हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता एक वर्षको लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष जीसीले जानकरी दिए ।

सम्झौतासँगै हमालले एम्बास्डर को जिम्मेवारीलाई टिमसँग भावनात्मकरूपमा जोडिएको बताउँदै नेपालले क्रिकेट खेल्न थालेपछि आफू पनि क्रिकेट खेलमा आकर्षित भएको बताए । लुम्बिनीका मार्की खेलाडी रोहितकुमार पौडेलले राजेश हमाल लुम्बिनीको ब्रान्ड एम्बास्डर भएसँगै टिमलाई नै प्रेरणा मिल्ने बताए।

लुम्बिनी लायन्स टिम रोहितकुमार पौडेल, अभिषेश गौतम, सन्दीप जोरा, आसुतोष घिरैया, सूर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अर्जुन साउद, विकास आग्री, टम मुर्स, बेन कटिङ र उन्मुक्त चन्द रहेका छन् ।

काठमाडौँमै आयोजना हुने उक्त एनपीएलमा लुम्बिनी लायन्ससँगै काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ९ : २४ बजे

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको