आज २०८१ साल मंसिर २६ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर २६ गते बुधबारको राशिफल


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर २६ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर ११ तारिख। मार्गशीर्ष शुक्ल पक्षको एकादशी तिथि।  मानव अधिकार दिवस। आज गीता जयन्ती पर्व मनाइँदै छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। साथीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्नाले शरीरमा रोग बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : आज तपाईंलाई साथीभाइले असहयोग गर्नेछन्। राम्रो बोल्छु भन्दाभन्दै नराम्रो शब्द निस्कनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पढाइमा जोसजाँगर बढ्नेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ।

मिथुन : दिन सहज छ। आम्दानीका स्रोत राम्रा छन्। बौद्धिक व्यक्तिसँगको भेटले मन खुशी हुनेछ। साथीभाइको साथमा अगाडि बढाएको कामबाट फाइदा हुनेछ।

कर्कट : साथीभाइले असहयोग गर्नेछन्। आफन्तले नै अपमान गर्नसक्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। साना कुराले महत्त्वपूर्ण काममा अवरोध हुनसक्छ। राजनीतिक क्षेत्रमा भने अवसर मिल्नेछ।

सिंह : दिन राम्रो छ। सम्पत्ति जम्मा गर्ने समय छ। विवाद नगर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : दिन राम्रो छ। संयुक्त लगानीमा गरेको कामबाट फाइदा हुनेछ। साथीको सहयोग मिल्नेछ। सामाजिक कार्यमा मन जानेछ। आजको दिन एकल लगानी नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ।

तुला : सञ्चित धन खर्च हुनेछ, काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्ने हुनसक्छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारमा भने विवाद हुनसक्छ।

वृश्चिक : आजको दिन खराब रहेको छ। दिन खराब भए पनि बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। पेट सम्बन्धी समस्याको सुधारका लागि खानपानमा ख्याल गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : धन आर्जन गर्ने दिन छ। सानो कुराले मन अशान्त बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। दैनिक काममा स्वास्थ्यले अवरोध हुनसक्छ। साथीसँगको भेटले मन खुशी हुनेछ।

मकर : आज तपाईंको शुभग्रहको बहुमत छ। दिन सहज बन्नेछ। बिहान उठेर शिवको भजन सुन्नु फाइदाजनक हुनेछ। तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ। मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ।

कुम्भ : दिन असहज छ। साथीले असहयोग गर्नेछन्। मन अशान्त बन्नेछ। शिवको भजन सुन्नु फाइदाजनक होला। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवार र बन्धुको साथमा काम बन्नेछ।

मीन : साथीभाइबाट अपमान हुनसक्छ। यात्रा गर्दा सचेत बन्नुपर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ५ : १० बजे

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करबाट मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको