लिभरकुसेनको इन्टरमाथिको जितले रोमाञ्चक बनेको च्याम्पियन्स लिग समीकरण « Khabarhub

लिभरकुसेनको इन्टरमाथिको जितले रोमाञ्चक बनेको च्याम्पियन्स लिग समीकरण


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

म्युनिख – अन्तिम मिनेटमा नोर्डी मुकयलले गरेको गोलमा वायर लिभरकुसेनले युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा इन्टर मिलानलाई १–० ले हराएको छ । सिजनमा यो इन्टरको पहिलो हार हो ।

सो जितपछि लिभरकुसेन १३ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लेको छ । १८ अंक रहेको लिभरपुल शीर्ष स्थानमा छ भने १३ अंक नै भएको एस्टन भिल्ला तेस्रो तथा इन्टर मिलान चौथो तथा ब्रेस्ट पाँचौँ स्थानमा छन् ।

मंगलबार भएको खेलमा आरबी लेपिजलाई एस्टन भिल्लाले ३–२ ले हरायो। भिल्लालाई जित दिलाउन पनि रोस बाकर्लीले ८५ औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा जुलियनले आर्डिनलको गोलमा ब्रेस्टले पिएसभी आइन्ड होभनलाई १–० ले हरायो ।

मङ्गलबारका अन्य खेलमा सेल्टिक र डाइनामो जाग्रेबले बराबरी खेले । क्लब ब्रगले स्पोर्टिङ सिपीलाई २–१ ले हरायो । पेरिस सेन्ट जर्मनले रेडबुल साल्जबर्गलाई ३–० ले हरायो ।

तालिकामा १२ अंकसहित छैटौँ र सातौँ स्थानमा रहेका बार्सिलोना र बोरुसिया डर्टमन्डले एक खेल कम खेलेका छन् । बुधबार यी दुई टोलीको खेल हुनेछ ।

यसअघि अपराजित रहेको एटलान्टा भने रियलसँगको हारसँगै ११ अंक लिएर नवौँ स्थानमा झरेको छ । १० अंक रहेका आर्सनल, मोनाको र लिलीले ५ औं खेल मात्र खेलेका छन्।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : १० बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी