‘कमेडी च्याम्पियन– २’ को उत्कृष्ट ४ मा पुगेका हिक्मत महराको दुर्घटनामा मृत्यु | Khabarhub Khabarhub

‘कमेडी च्याम्पियन– २’ को उत्कृष्ट ४ मा पुगेका हिक्मत महराको दुर्घटनामा मृत्यु


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उत्कृष्ट चारमा पुग्न सफल कमेडियन हिक्मत महराको मृत्यु भएको छ ।

कैलालीको गोदावरीमा मङ्गलवार साँझ भएको मोटरसाइकल दुर्घटना उनको मृत्यु भएको हो । गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

‘कमेडी च्याम्पियन– २’ मा हिक्मत ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १ सय ८० जनामा छनोट भएका थिए । त्यसपछि उनी टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका थिए । उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए ।

कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झरालीमा बीएडसम्म अध्ययन गरेका हिक्मतले विद्यार्थी हुँदै गर्दा कमेडी गर्दै आएका थिए । उनका कमेडी विशेष गरेर समाजका विकृति, विसङ्गति र राजनीतिक परिदृश्यका बारेमा हुने गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : १८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’