काठमाडौंमा यस वर्षकै बढी चिसो, तापक्रम ३.९ डिग्री | Khabarhub Khabarhub

काठमाडौंमा यस वर्षकै बढी चिसो, तापक्रम ३.९ डिग्री


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज वर्षकै सबैभन्द बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पौने ९ बजे जारी गरेको बुलेटिनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रहेको छ । हिजो बिहानको न्यूनतम तापक्रम ५.६ रहेको थियो ।

मौसमविद रोजन लामिछानेले तापक्रम घट्ने क्रम जारी रहने बताए । उनका अनुसार मौसम भने सफा रहनेछ । आज काठमाडौं उपत्यकाका अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने जनाइएको छ ।
आज जुम्लामा सबैभन्दा कम माइनस ६.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

चिसो क्रमशः बढ्दै जाने र तापक्रम घट्दै जाने तथा रातको समयमा बादल नलागेका बेला मौसम बढी चिसो हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ९ : २६ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले