सुदूरपश्चिमद्वारा जनकपुरसामु १२४ रनको लक्ष्य | Khabarhub Khabarhub

एनपीएल क्रिकेट

सुदूरपश्चिमद्वारा जनकपुरसामु १२४ रनको लक्ष्य


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अहिले शीर्ष स्थानका दुई टोली जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले जनकपुरसामु १२४ रनकाे लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२३ रन बनाएको छ ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रनको योगदान दिए । यस्तै, सेफ जैफले २१, ब्रेन्डन म्याकमुलनले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

जनकपुरका लागि किशोर महतोले सर्वाधिक चार विकेट लिए । यस्तै, शेर मल्ल र अरनिको मल्लले दुई–दुई तथा हर्ष थाकरले एक–एक विकेट लिए ।

अपराजित जनकपुर सुदूरपश्चिममाथि जित निकाल्दै प्लेअफ यात्रा पक्का गर्न चाहन्छ भने एक खेलमा हार खाएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिम जनकपुरमाथि जित निकाल्न चाहन्छ ।

मार्की खेलाडी आशिफ शेख भए पनि जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा छ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एनपीएलमा अब्बल देखिएको छ।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम ६ अंकका साथ दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १० : ३२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले