मिथिला लघुवित्तले १५ प्रतिशत बोनस दिने  « Khabarhub

मिथिला लघुवित्तले १५ प्रतिशत बोनस दिने 


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई १५ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनी सचिव हेमराज हेमन्तका अनुसार लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने भएको हो । जसमा २ करोड ७९ लाख ३० हजार ३९२ रुपैयाँ बराबरको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १४ लाख ७० हजार २० रुपैयाँ बराबरको ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यस अघि कम्पनीले बोनस सम्बन्धी जानकारी गलत भएको र त्यसलाई सुधारेर हाल सार्वजनिक गरिएको समेत बताएको छ ।

कम्पनीले घोषणा गरेको उक्त बोनस नेपाल राष्ट्र बैंक र आगामी बस्ने साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ११ : २३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण