कालिका लघुवित्तले १० प्रतिशत बोनस दिने  « Khabarhub

कालिका लघुवित्तले १० प्रतिशत बोनस दिने 


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट १० प्रतिशत बोनस दिने भएको छ । कम्पनीको मङ्गलवार बसेको सञ्चालक समितिको बैठकले बोनस दिने घोषणा गरेको हो ।

कम्पनीका सचिव फणीन्द्र पाण्डेका अनुसार लघुवित्तले उक्त पुँजीको ३ करोड ५३ लाख ७० हजार ५६५ रुपैयाँ बराबरको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १८ लाख ६१ हजार ६०८ रुपैयाँ बराबरको ०.५० प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त बोनस नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पनि र आगामी साधारणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार ७३९ रुपैयाँ बराबरको रहेको छ । बोनस घोषणा गर्दा कम्पनीले बुक क्लोजको मिति भने तय गरेको छैन ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १२ : ०८ बजे

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध