सुदूरपश्चिमका हर्मित : जसले जनकपुरविरुद्ध गरे एनपीएलकै उत्कृष्ट बलिङ « Khabarhub

सुदूरपश्चिमका हर्मित : जसले जनकपुरविरुद्ध गरे एनपीएलकै उत्कृष्ट बलिङ


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको अपराजित यात्रालाई सुदूरपश्चिम रोयल्सले ब्रेक लगाएको छ ।

प्रतियोगितामा अपराजित यात्रामा रहेको जनकपुरले पहिलो पटक हार चाखेको हो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले जनकपुरविरुद्ध फितलो ब्याटिङ गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जारी प्रतियोगितमा सुदूरपश्चिमले बनाएको सबैभन्दा कम रन हो । चितवन राइनोजसँग एक मात्रै हारमा पनि सुदूरपश्चिमले १३१ रन बनाएको थियो ।

फितलो ब्याटिङ गरेको सुदूरपश्चिमले उत्कृष्ट बलिङ गर्दै जनकपुरविरुद्ध जित हात परेको हो । सुदूरपश्चिमको बलको सामना गरेको जकपुर १२ दशमलव १ ओभरै ५१ रनको अवस्थामा प्याक भयो ।

जनकपुरले बनाएको ५१ रन प्रतियोगितामा सबैभन्दा कम हो । यसअघि पोखरा एभेन्जर्सले चितवनविरुद्ध सबैभन्दा कम ७४ रन जोडेको थियो ।

हर्मितको उत्कृष्ट बलिङ

अमेरिकाका अलराउन्डरसमेत रहेका हर्मितले जनकपुरविरुद्ध उत्कृष्ट बलिङ गरे  । बुधबारकाे पहिलो खेलमा उनले जनकपुरसँगको खेलमा २ ओभर मेडन फ्याँके । जारी प्रतियोगितमा दुई ओभर मेडन फ्याँक्ने उनी पहिलो बलर हुन् ।

त्यस्तै, एक खेलको हकमा हर्मित प्रतियोगिताकै सबैभन्दा कम खर्चालु बलर पनि हुन् । उनले चार ओभर बलिङ गर्दा २ मेडन फ्याँके भने २ विकेट लिँदा  २ रन मात्र खर्चिए ।

हर्मित यही साता मात्रै एनपीएलका लागि नेपाल आइपुगेका हुन् । सुदूरपश्चिमको यसअघिको खेलमा उनी थिएनन् । यस टोलीबाट उनले पहिलो खेल जनकपुरसँग खेलेका हुन् ।

बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिमका दीपेश कँडेलको बलिङ पनि उत्कृष्ट रह्यो । हर्मितपछि एक खेलमा सबैभन्दा कम रन खर्चिने बलर दीपेश हुन् । उनले  ४ ओभर बलिङ गर्दा ३ विकेट लिए भने ६ रन मात्रै खर्चिए ।

यसअघि एक खेलमा ४ ओभर बलिङ गर्ने कम खर्चालु बलर कर्णालीका याक्सका जिशान मकसुद थिए । पोखराविरुद्धको खेलमा विकेटविहीन रहेका उनले ११ रन मात्रै खर्चिएका थिए । उनले मेडन पनि फ्याँकेका थिएनन् ।

एक खेलमा ३ ओभर बलिङ गरेका कम खर्चालु बलर चितवन राइनोजका सोहल तनवीर हुन् । पोखराविरुद्धको खेलमा ३ ओभर बलिङ गर्दा उनले ३ विकेट लिएर ६ रन खर्चिएका थिए । उनले १ ओभर मेडन पनि फ्याँकेका थिए ।

त्यस्तै, एकै खेलमा सबैभन्दा बढी विकेट लिने कर्णालीका विलियम बिसिस्टो हुन् । पोखराविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दा उनले ६ विकेट लिएका थिए भने २८ रन खर्चिएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : १८ बजे

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ