लगालग विकेट गएपछि सुरूमै दबाबमा काठमाडौं « Khabarhub

एनपीएल

लगालग विकेट गएपछि सुरूमै दबाबमा काठमाडौं


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाल प्रिमियर लिग (एनपीएल)  अन्तर्गत बुधबार भइरहेको दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिडिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित खेल मैदानमा पहिले ब्याटिङमा गएको काठमाडौंले सुरुवातमै ओपनरसहित चार विकेट गुमाएको छ ।

काठमाडौंका ओ‌पनर स्टेफन इस्किन्जाई १३ र अर्का ओपरन मिचेल लेभिट शून्यमै आउट भएका हुन् । अर्कातिर चौथो क्रमका जेर्राड इरास्मस पनि ४ बलमा १ रन मात्रै बनाएको अवस्थामा पवेलियन फर्किएका छन् ।

सुरुवातमै दुवै ओपनरसहित ४ विकेट गुमाएपछि काठमाडौं दबाबमा परेको छ । त्यसैगरि सुमित महर्जन पनि ४ बलमा ४ रन बनाउँदै आउट भएका छन् ।

चार विकेट गुमाएपछि दबाबमा परेको काठमाडौंका लागि अहिले डान डौथेवेट र भीम सार्की क्रिजमा छन् ।

ताजा अवस्थामा काठमाडौंले ६ ओभरमा ४ विकेट गुमाउँदै २३ रन मात्रै बनाउन सफल भएको छ।

काठमाडौं गुर्खाज

करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)।

लुम्बिनी लायन्स

रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १ : ३० बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको