धवलागिरिमा ‘दीर्घ रोगीसँग अध्यक्ष’ कार्यक्रम « Khabarhub

धवलागिरिमा ‘दीर्घ रोगीसँग अध्यक्ष’ कार्यक्रम


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकामा ‘दीर्घ रोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन भएको छ।

नसर्ने रोग पहिचान र उनीका उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गरेको हो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।

‘भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमा विशेषज्ञ सहितको सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने ‘प्रयोगशालाका सामग्री, उपकरण, औषधि र चिकित्सकसहितको टोली गाउँ गाउँमा पुगेका छन् ।’

कार्यक्रममार्फत चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा प्रदान गरिने धवलागिरिका स्वास्थ्य शाखाका प्रमुख सम्झना खाती कार्कीले बताए। मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचापलगायत रोगीहरूलाई पहिचान गर्ने र उनीहरुलाई निःशुल्क औषधि वितरण गरिने उनले बताए। कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा मङ्गलबार भएको शिविरमा एक सय आठ जनाले सेवा लिएका थिए ।

बुधबार वडा नं ४ मुदीमा शिविर सञ्चालन गरिएको छ । बेनी अस्पतालका चिकित्सक डा रामु सापकोटा, समीर भण्डारीसहितको टोलीले सेवा दिएको छ । धवलागिरि गाउँपालिकामा सात वटा वडा  छन् । सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : २३ बजे

कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ?

काठमाडौँ – फुटबल इतिहासकै दुई महान् खेलाडी लियोनेल मेसी र

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको