पशुपति गौशालामा मनाइयो गीता जयन्ती | Khabarhub Khabarhub

पशुपति गौशालामा मनाइयो गीता जयन्ती


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको आयोजना तथा गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं र गीता परिवार नेपालको व्यवस्थापनमा बुधबार गीता जयन्ती मनाइएको छ ।

पशुपति गौशालामा आयोजित कार्यक्रममा गीता माताको आराधना, विभिन्न स्कुलका विद्यार्थीहरु र गीता साधकहरुको सहभागीतामा गीताको १८ अध्यायको पाठ एवं गीताप्रेसबाट नेपाली भाषामा प्रकाशित स्वामी रामसुखदासजी महाराजको श्रीमद्भगवद्गीताको प्रसिद्ध ग्रन्थ साधक सञ्जीवनी एवं श्रीम‌द्भागवतको जीवन उपयोगी ग्रन्थ जीवन सञ्जीवनी नेपाली अनुवादको विमोचन गरिएको हो ।

गीताप्रेस नेपालका अध्यक्ष जय किसन सारडाको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा स्वामी रामसुखदासजी महाराजको सत्संगमा रहेका वृन्दावन निवासी स्वामी नवलरामजी महाराज, महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट र डा. गोविन्द टण्डनको सहभागिता रहेको थियो ।

सो अवसरमा उनले गीताप्रेस ख नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराएका थिए । पुशपतिनाथका मूल भट्ट गणेश रावलले आशिर्वाद प्रदान गरेका थिए भने मानव सेवा आश्रमका संस्थापक डा. गोविन्द टण्डनले आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ६ : १६ बजे

खो खो विश्वकप : आज नेपाल र भारतबीच उपाधि भिडन्त

काठमाडौं– खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको

सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

बागलुङ– निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा