पशुपति गौशालामा मनाइयो गीता जयन्ती « Khabarhub

पशुपति गौशालामा मनाइयो गीता जयन्ती


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको आयोजना तथा गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं र गीता परिवार नेपालको व्यवस्थापनमा बुधबार गीता जयन्ती मनाइएको छ ।

पशुपति गौशालामा आयोजित कार्यक्रममा गीता माताको आराधना, विभिन्न स्कुलका विद्यार्थीहरु र गीता साधकहरुको सहभागीतामा गीताको १८ अध्यायको पाठ एवं गीताप्रेसबाट नेपाली भाषामा प्रकाशित स्वामी रामसुखदासजी महाराजको श्रीमद्भगवद्गीताको प्रसिद्ध ग्रन्थ साधक सञ्जीवनी एवं श्रीम‌द्भागवतको जीवन उपयोगी ग्रन्थ जीवन सञ्जीवनी नेपाली अनुवादको विमोचन गरिएको हो ।

गीताप्रेस नेपालका अध्यक्ष जय किसन सारडाको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा स्वामी रामसुखदासजी महाराजको सत्संगमा रहेका वृन्दावन निवासी स्वामी नवलरामजी महाराज, महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट र डा. गोविन्द टण्डनको सहभागिता रहेको थियो ।

सो अवसरमा उनले गीताप्रेस ख नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराएका थिए । पुशपतिनाथका मूल भट्ट गणेश रावलले आशिर्वाद प्रदान गरेका थिए भने मानव सेवा आश्रमका संस्थापक डा. गोविन्द टण्डनले आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ६ : १६ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण