पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल : मन्त्री शाही | Khabarhub Khabarhub

पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल : मन्त्री शाही


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल सबैभन्दा आकर्षक गन्तव्यस्थलको रूपमा रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले हाम्रा हिमाल जलवायु जोखिमको चपेटामा पर्दै आएको उल्लेख गरे। मन्त्री शाहीले भने, ‘हामीमाझ जथाभावी गरिने भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुको अपराध पर्वतीय क्षेत्रको इकोसिस्टम र दिगो विकासका चुनौती हुन्, यी सबै चुनौतीलाई सामना गर्न सबै मिलेर काम गर्नुको विकल्प छैन ।’

पर्वतीय क्षेत्रका जैविक विविधताको ह्रास रोक्न र यस क्षेत्रको जलवायु जोखिमलाई सम्बोधन गर्न नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो ।

‘सामुदायिक वनमा हामीले प्राप्त गरेको सफलता, जैविक विविधता संरक्षणमा हामीले देखाएको प्रतिबद्धता र योगदान आज अन्य देशहरुका लागि प्रेरणाका स्रोत भएका छन्’, उनले भने।

मन्त्री शाहीले बसाइँ सराइले गर्दा वन माथिको निर्भरता घट्दै गएकाले वन पैदावारलाई उद्योग व्यवसायसँग जोड्नुपर्ने बताए।

‘नेपालका हिमाल नेपालीका श्रीपेचको रूपमा छन्, हिमालले उत्पादन गरेको सफा पानी र स्वच्छ हावा अन्तर्राष्ट्रिय समुदायका सार्वजनिक सम्पत्ति हुन्’, उनले भने, ‘हिमालहरु हाम्रो गौरव मात्र होइनन्, पारिस्थितिकीय, सांस्कृतिक र आर्थिक पहिचानको आधार पनि हुन् ।’

कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले नेपालका हिमालहरू वनस्पति र वन्यजन्तुहरूको भण्डारण भएको उल्लेख गर्दै मूल्यवान् जैविक विविधताको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेकामा जोड दिए।

कार्यक्रममा राष्ट्रियसभाको दिगो विकास, आर्थिक सहायता तथा सुशासन समितिका सभापति कमलादेवी पन्त, प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुशुमदेवी थापा, राष्ट्रियसभा सांसद अन्जना शाक्य, वनसचिव डा दीपककुमार खराल, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर हाम्दी, इसिमोडका महानिर्देशक डा पेमा ग्याम्च्यो लगायतले जीवनलाई दिगो बनाउन हिमालको भूमिका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ६ : २० बजे

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु

एजेनसी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान  जिल्लामा शनिबार भएको

ड्रागन फ्रुटले किसानलाई दिएको नयाँ आशा

वीरेन्द्रनगर– सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका

जब पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणा गरिन्…

काठमाडौं– ‘जननेताको अवसानपछि पार्टी र मसमेत सिङ्गो राष्ट्र शोकमा डुबेको

मदनको विचार नै एमालेको साझा गन्तव्य हो : लेखराज भट्ट

धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज

कर्ण थापाले भने- म ओली विरोधी होइन्, पार्टीभित्र खुला र स्वस्थ बहस आवश्यक छ

धनगढी – नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले