गजेन्द्रनारायणको शालिकमा गाडीबाटै ‘माला फ्याँकेपछि’ विवादमा बालेन्द्र « Khabarhub

गजेन्द्रनारायणको शालिकमा गाडीबाटै ‘माला फ्याँकेपछि’ विवादमा बालेन्द्र


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेशका सम्मानित नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा परैबाट माला फ्याँकेर हिँडेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विवादमा परेका छन् ।

मंगलबार सप्तरी सदरमुका राजविराज आउँदा सन रुफसहितको गाडीबाटै हात हल्लाउँदै गजेन्द्रनाराणको शालिकतिर माला फ्याँकेपछि उनी विवादमा परेका हुन् ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता तान्न तराई-मधेशमा दोस्रो पटक छिरेका उनी दक्षिण भारतीय फिल्मको शैलीमा देखिएका थिए ।

बालेन्द्र आउने भएपछि मंगलबार बिहानैदेखि सडकमा सयौँ सर्वसाधारण र रास्वपा कार्यकर्ता जम्मा भएका थिए। जब उनी राजविराजस्थित गजेन्द्र चोक पुगे तब उनी त्यहाँ ओर्लिने अपेक्षा थियो ।

तर उनी सन रुफवाला गाडीबाट झरेनन् । दक्षिण भारतीय हिरोको शैली पछ्याउँदै उनी हात हल्लाउँदै, हात मिलाउँदै गाडीमा अघि बढिरहे ।

गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को शालिकमा माल्यार्पणका लागि उनलाई मालासमेत उपलब्ध गराइएको थियो। तर उनी गाडीबाट नझरी सन रुफमै निस्किएर माला शालिकतिर फ्याँक्दै हिँडे ।

बालेन्द्रले गजेन्द्रनारायणको शालिकमा माल्यार्पण त गरेनन् पार्टी कार्यालयमा समेत झर्ने जाँगर चलाएनन् । उनले गजेन्द्रनारायणको शालिकमा माला फ्याँकेर अघि बढेपछि समर्थकहरू रिसाएका छन् ।

गजेन्द्रनारायणको शालिकमा बालेनले सम्मान प्रकट गर्ने अपेक्षाविपरीत नरोकिई हिँडेपछि घण्टौँ कुरेका समर्थकमा निराशा देखिएको छ।

यसैबीच उनको यो गतिविधिलाई लिएर नागरिक उन्मुक्ति पार्टी नेपालका नेता जीवछ यादवले आपत्ति प्रकट गरेका छन् । उनले मधेशको माटो र संवेदनामाथि फेरि एक पटक प्रहार भएको उल्लेख गरेका छन् ।

‘मधेशको माटो, मधेशको संवेदना र मधेशका आदर्शहरूमाथि पटक-पटक प्रहार हुनु अब ‘भूल’ मात्र रहेन, यो त रास्वपाको एउटा सोचि-सम्झी रचिएको ‘साजिस’ जस्तै देखिन थालेको छ’, उनले भनेका छन्, ‘राजविराज पुगेर गजेन्द्र नारायण सिंह जस्तो उचाइ भएको व्यक्तित्वको शालिकमा गाडीबाटै माला निशाना लगाएर फ्याँक्ने ? के गजेन्द्र बाबुको सम्मान गर्न दुई मिनेट गाडीबाट ओर्लिने फुर्सद वा संस्कार थिएन?’

उनले काठमाडौंका पूर्वमेयरको यो गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । ‘कि काठमाडौंको बालेन मधेशको धर्तीमा ओर्लिँदा सान घट्छ भन्ने दम्भ हो?’, उनले सोधेका छन्, ‘शालिकमा माला लगाउनु श्रद्धा हो, ‘टार्गेट प्राक्टिस’ होइन बालेनजी ।’

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ४ : ३७ बजे

नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा

१०औँ राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो साता हुने

काठमाडौं– नेपाल बास्केटबल संघको आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३

‘राष्ट्रिय समावेशी आयोगको आव २०८१/८२’ को सातौँ प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं– राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले मिटरब्याजी पीडितले न्याय पाउनेदेखि

मिडियालाई ‘खोस्टो’ भन्दै विपक्षीलाई धम्की दिएर उम्किएलान् अर्थमन्त्री वाग्ले ?

काठमाडौं– बिहीबार बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम