विद्यार्थी नेता डम्बर धामीको स्मृतिमा ५१००० राशिको पुरस्कार घोषणा  | Khabarhub Khabarhub

विद्यार्थी नेता डम्बर धामीको स्मृतिमा ५१००० राशिको पुरस्कार घोषणा 


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्यार्थी नेता डम्बर धामीको स्मृतिमा अनेरास्ववियूले ५१००० राशिको पुरस्कार घोषणा गरेको छ । अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवंम अनेरास्ववियू हिस्ट इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष धामीको सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

आज उनको १२औँ पुण्य तिथि साथै स्वर्गीय धामीको जन्म दिन पनि परेकोमा अनेरास्ववियूले काठमाडौंको शंकरदेव क्याम्पसमा शोकसभासमेत आयोजना गरेको थियो ।

सो सभामा अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले हरेक वर्ष पूर्वाञ्चल विश्वविद्यालयबाट वि.इ सिभिलमा सर्वउत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई उनको सम्झनामा इन्जिनियर डम्बर धामी स्मृति पुरस्कार भनी ५१००० नगद राशि प्रदान गर्ने घोषणा गरेका हुन ।

साथै धामीको निधनले अनेरास्ववियूलाई मात्र नभएर सिङ्गो विद्यार्थी आन्दोलनलाई नै ठुलो क्षति पुगेको महासचिव श्रेष्ठले बताए।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : २१ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता