कात्तिक मसान्तसम्म अर्थतन्त्रको अवस्था : महँगी ५.६० प्रतिशत, कर्जा प्रवाह २.५ प्रतिशत | Khabarhub Khabarhub

कात्तिक मसान्तसम्म अर्थतन्त्रको अवस्था : महँगी ५.६० प्रतिशत, कर्जा प्रवाह २.५ प्रतिशत


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको ‘देशको आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन सार्वजनिक गरेको छ ।

बिहीबार अपराह्न सार्वजनिक प्रतिवेदनमा उल्लेख भएअनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँले बचतमा छ ।

नेपालसँग अहिले कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको केन्द्रीय बैंकले जनाएको छ । नेपाल सरकारको खर्च चार खर्ब १५ अर्ब २ करोड र राजस्व परिचालन तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ छ ।

बैंकका अनुसार; वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ ।

कात्तिक मसान्तसम्म विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.१ प्रतिशतले बढेको
राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ५ : ०२ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’