बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई | Khabarhub Khabarhub

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणमा सहसचिव मदन दाहाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको छ । दाहाल यसअघि प्राधिकरण सञ्‍चालक समिति सदस्य थिए ।

नागरिकता कीर्ते गरेको पाइएपछि अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनअघि (मङ्गलबार) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएसँगै अध्यक्ष सिलवाल स्वतः निलम्बनमा परेका थिए ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिव दाहाललाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको कामकाज गर्नेगरी प्राधिकरण हाँक्ने जिम्मेवारी दिएका हुन्‌ ।

अर्थ मन्त्रालय स्रोतले दाहाललाई बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिमा कायम वरियतामा आधारमा जिम्मेवारी दिएको जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ६ : २६ बजे

आजका समाचार : रविको हिरासत बसाइ लम्बियो, दूर्गा प्रसाईंलाई ४० हजार धरौटी

काठमाडौं– आज दिनभरका ताजा समाचारहरुमा दुर्गा प्रसाई र रवि लामिछानेको

अमेरिकी डलर देखाई साढे छ लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौं – प्रहरीले अमेरिकी डलर देखाई प्रलोभनमा पारी रकम ठगी

‘कांग्रेस–कम्युनिस्ट बिहे हुँदैनथ्यो, कार्यक्रममा टाउको फुट्थ्यो’

काठमाडौं– रोल्पा जिल्ला माओवादी जनयुद्धको उद्गमस्थल हो । माओवादी नेताहरु

भूमिगत सिँचाइ प्रणालीले सहज बन्दै कृषि पेसा

जनकपुरधाम– किसानको खेतमा सिँचाइ सुविधा पुर्‍याउनका लागि भूमिगत सिँचाइ प्रणाली

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त