उद्योग संगठन मोरङ र टीयूबीच स्टार्टअप सञ्चालन सम्झौता « Khabarhub

उद्योग संगठन मोरङ र टीयूबीच स्टार्टअप सञ्चालन सम्झौता


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर – उद्योग संगठन मोरङ पूर्वाञ्चल विश्वविद्यालयबीच व्यवसाय सम्वर्द्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।

सम्झौतामा संगठनका तर्फबाट स्टार्टअप एण्ड इन्नोभेसन कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका तर्फबाट फ्याकल्टी अफ म्यानेजमेन्टका डिन डा. सन्देशदाश श्रेष्ठले हस्ताक्षर गरे ।

संगठनले तीन वक्र्षदेखि सञ्चालन गर्दै आएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यमबाट युवाहरूलाई उद्यमशीलता रूपान्तरण र सञ्जाल विकास गर्ने लक्ष्य छ । कार्यक्रम पहिचान गरी थप बढावा दिन सरकारले यस आर्थिक वक्र्षको बजेटमा सात प्रदेशमा व्यवसाय सम्वर्द्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेशको हकमा उद्योग संगठन मोरङसँग सहकार्य गरी व्यवसाय सम्वर्द्धन केन्द्र सञ्चालन गर्नु निजी क्षेत्रका लागि गौरवको विक्षय भएको संगठनका कार्यक्रम संयोजक सुरेन्द्र गोल्छाले बताए । उनले उद्यमशीलता विकासका सन्दर्भमा निजी क्षेत्रको प्रयासलाई सङ्घीय सरकारले पहिचान गरी सहकार्य गर्नुले आफूहरूलाई उत्साहित बनाएको भन्दै धन्यवाद दिए ।

संगठन र विश्वविद्यालयबीच भएको सम्झौता अनुरुप कार्यक्रमलाई ट्रिपल हेलेक्स पद्धतिअनुसार निजी क्षेत्र, शैक्षिक क्षेत्र र स्थानीय सरकारको सहकार्यमा र सङ्घीय सरकारको सहयोगमा विराटनगरमा स्थापना हुने व्यवसाय सम्वर्द्धन केन्द्रले स्टार्टअप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताए ।

उनले उद्योग संगठन, पूर्वाञ्चल विश्वविद्यालय र विराटनगर महानगरपालिका सहकार्यमा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई थप संस्थागत गरिँदै लगिने स्पष्ट पारे ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले युवाहरूलाई उद्यमशिलता तर्फ आकर्षित गर्न सम्वर्द्धन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै केन्द्रबाट प्रदान हुने सेवालाई आवश्यकता अनुसार आगामी दिनमा परिमार्जन र परिस्कृत गरी थप प्रभावकारी बनाउने धारणा राखे ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ६ : १३ बजे

गाजा र लेबनान युद्धविराम नहुँदासम्म वार्ता नगर्ने इरानको घोषणा

तेहरान – इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग

मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

तनहुँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन

काठमाडौँ । नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान