उद्योग संगठन मोरङ र टीयूबीच स्टार्टअप सञ्चालन सम्झौता | Khabarhub Khabarhub

उद्योग संगठन मोरङ र टीयूबीच स्टार्टअप सञ्चालन सम्झौता


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर – उद्योग संगठन मोरङ पूर्वाञ्चल विश्वविद्यालयबीच व्यवसाय सम्वर्द्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।

सम्झौतामा संगठनका तर्फबाट स्टार्टअप एण्ड इन्नोभेसन कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका तर्फबाट फ्याकल्टी अफ म्यानेजमेन्टका डिन डा. सन्देशदाश श्रेष्ठले हस्ताक्षर गरे ।

संगठनले तीन वक्र्षदेखि सञ्चालन गर्दै आएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यमबाट युवाहरूलाई उद्यमशीलता रूपान्तरण र सञ्जाल विकास गर्ने लक्ष्य छ । कार्यक्रम पहिचान गरी थप बढावा दिन सरकारले यस आर्थिक वक्र्षको बजेटमा सात प्रदेशमा व्यवसाय सम्वर्द्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेशको हकमा उद्योग संगठन मोरङसँग सहकार्य गरी व्यवसाय सम्वर्द्धन केन्द्र सञ्चालन गर्नु निजी क्षेत्रका लागि गौरवको विक्षय भएको संगठनका कार्यक्रम संयोजक सुरेन्द्र गोल्छाले बताए । उनले उद्यमशीलता विकासका सन्दर्भमा निजी क्षेत्रको प्रयासलाई सङ्घीय सरकारले पहिचान गरी सहकार्य गर्नुले आफूहरूलाई उत्साहित बनाएको भन्दै धन्यवाद दिए ।

संगठन र विश्वविद्यालयबीच भएको सम्झौता अनुरुप कार्यक्रमलाई ट्रिपल हेलेक्स पद्धतिअनुसार निजी क्षेत्र, शैक्षिक क्षेत्र र स्थानीय सरकारको सहकार्यमा र सङ्घीय सरकारको सहयोगमा विराटनगरमा स्थापना हुने व्यवसाय सम्वर्द्धन केन्द्रले स्टार्टअप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताए ।

उनले उद्योग संगठन, पूर्वाञ्चल विश्वविद्यालय र विराटनगर महानगरपालिका सहकार्यमा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई थप संस्थागत गरिँदै लगिने स्पष्ट पारे ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले युवाहरूलाई उद्यमशिलता तर्फ आकर्षित गर्न सम्वर्द्धन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै केन्द्रबाट प्रदान हुने सेवालाई आवश्यकता अनुसार आगामी दिनमा परिमार्जन र परिस्कृत गरी थप प्रभावकारी बनाउने धारणा राखे ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ६ : १३ बजे

बहसमा सम्बन्धविच्छेद : समाचारको विषय कि निजत्वमाथि आक्रमण ?

काठमाडौं – अहिलेहाल चर्चित एक गायिकाको मंगलबार सम्बन्धविच्छेद भयो ।

गण्डकी प्रदेशसभा बैठक बस्दै, दलका नेताहरूले सम्बाेधन गर्ने

पोखरा– गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार बस्ने भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको

प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार

महोत्तरी– मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान