आज २०८० साल पुस २७ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८० साल पुस २७ गते शुक्रबारको राशिफल


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २७ गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी १२ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। आरामदायी बसोबास हुनेछ। मिठो खान पाइने छ। सन्चित धन खर्च हुने देखिन्छ। विद्वानबाट सहयोग पाइनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुन्छ। परिवारमा भने विश्वासको खडेरी देखिन्छ।

वृष : सामाजिक क्षेत्र सबल छ। शिक्षामा उन्नति हुनेछ। परिवारबाट खुशी मिल्नेछ। आर्थिक क्षेत्र राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दैनिकी सामान्य राम्रो छ। परिवारमा शंका उपशंका उठ्न सक्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नुपरेमा गति सीमित गर्नुपर्छ। दुर्घटनाको जोखिम हुने योग भएकाले यात्रामा सावधानी अपनाउनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। परिवारमा एक्लै निर्णय गर्न खोज्दा समस्या हुनसक्छ। शिक्षाको क्षेत्रबाट उपलब्धि प्राप्त हुनेछ।

कन्या : अचानक चिट्ठा पर्ने सम्भावना देखिन्छ। आफूले आफूलाई सुधार गर्नुपर्ने दिन हो। बोली वचनमा ख्याल गरेमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध राम्रो छ।

तुला : समय राम्रो छ। प्रतिस्पर्धा गर्नेहरु सूर्य उदयपछिको अध्यारो भागेजस्तै हराउने देखिन्छ। बन्धुबाट सहयोग हुनेछ। शिक्षाको लगानीले फाइदा दिनेछ।

वृश्चिक : दैनिकी सामान्य छ। पश्चिम तर्फको यात्रा नगर्नु राम्रो। तीव्र गति आजको लागि राम्रो नहुन सक्छ। परिवारको साथ भने निरन्तर पाउने योग रहेको छ। प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।

धनु : स्वास्थ्य र शिक्षा क्षेत्र राम्रो छ। वैदेशिक क्षेत्रको लगानीबाट प्रगति हुनेछ। गोपनीयता खोलिएमा परिवारमा समस्या हुनसक्छ। जसले गर्दा परिवारको साथ नमिल्न सक्ने देखिन्छ।

मकर : समय सामान्य राम्रो छ। बन्धुसँगको भेटले दिन रामाइलो हुनेछ। आफूले नजानेकै कारण धन खर्च हुने योग छ। परिवारमा विश्वास गुम्ने देखिन्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कुम्भ : आर्थिक क्षेत्र सबल छ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा मन जाने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। नसोचेका शुभचिन्तकसँगको भेटले रमाइलो हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ पाउने योग रहेको छ।

 

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ५ : ०७ बजे

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष