कर्मचारी व्यवस्थापन नहुँदा इलाका प्रशासनको सेवा अवरुद्ध « Khabarhub

कर्मचारी व्यवस्थापन नहुँदा इलाका प्रशासनको सेवा अवरुद्ध


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

खोटाङ–  गृह मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ ।

इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कको गत मङ्सिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो ।

अहिले दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिस, नाबालक परिचयपत्र प्रदानलगायत सम्पूर्ण प्रशासनिक सेवा रोकिएका छन् । ऐँसेलुखर्कका नायब सुब्बा राजेन्द्र भुर्तेलको कामु शाखा अधिकृत अवधि मङ्सिर १७ गते सकिएपछि दैनिक सेवा प्रभावित भएको हो ।

इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध हुँदा गाउँपालिकाका सातैवटा वडाका नागरिक डेढ महिनादेखि  समस्यामा परेको गाउँपालिकाका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिए ।

इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कबाट नागरिकता सिफारिसलगायत प्रशासनिक सेवा रोकिएपछि प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले ऐँसेलुखर्क पुगेर यही पुस ४ र ५ गते सेवा प्रदान गरेका थिए ।

नासु भुर्तेलको कामु अवधि सकिएकै दिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई कामु अवधि सकिएको जानकारी दिए पनि हालसम्म कुनै सुनुवाइ नभएको जनाइएको छ ।

यसैगरी, गृहले इलाका प्रशासन कार्यालय, खोटाङ बजारमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई ६ महिनाका लागि दिएको कामु अवधि सकिएपछि नागरिकता वितरणलगायत प्रशासनिक सेवा रोकिएको छ । यसअघि शाखा अधिकृत नहुँदा गत असार २६ गतेदेखि इलाका प्रशासन कार्यालयको सेवा रोकिएको थियो ।

गृहले बढीमा ६ महिनाका लागि नासु राईलाई कामु मुकरर गरेर पत्र पठाएपछि गतसाउन २२ गतेदेखि नागरिकता वितरणलगायत सेवा सुरु गराइएको थियो । सो कामु अवधि यही पुस २० गते सकिएको जनाइएको छ ।

खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही समस्यामा परेका छन् ।

इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा अवरुद्ध भएपछि सेवाग्राहीहरु काम नगरी फर्कन बाध्य भएको नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

इलाका प्रशासन कार्यालयमा जिम्मेवार कर्मचारीको व्यवस्था नगर्दा अत्यावश्यक कामका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालय दिक्तेल पुग्नुपर्ने बाध्यता छ ।

इलाका प्रशासन कार्यालयको सेवा पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल भइरहेको खोटेहाङ गाउँपालिका प्रमुख उदिम राईले बताए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ७ : ३५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज