धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै « Khabarhub

धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– कामदारको अभाव र ज्याला बढ्दै गएपछि यहाँका किसान धान झार्न आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित भएका छन् । जनशक्ति र समयको बचत हुने भएकाले थ्रेसर मेसिनको प्रयोगमा वृद्धि भएको स्थानीय किसानले बताएका छन् । 

घोराही उपमहानगरपालिका–७ का किसान पवन ओलीले पछिल्लो समय स्थानीय युवा वैदेशिक रोजगारीमा जाने र गोरु पाल्न छाडेकाले थ्रेसर मेसिनको प्रयोगले निकै सहज भएको बताए । गाउँमा कामदार पाउन मुस्किल हुने र पाइए पनि कामदारको ज्याला महँगो पर्ने उनको भनाइ रहेको छ ।

‘थ्रेसर मेसिनबाट काम गर्दा छिटो हुने र खर्च कम लाग्छ । त्यसैले धान भित्र्याउन मेसिनकै भर पर्न थालेका छौँ’, उनले भने । सोही स्थानमा अर्का किसान सन्तोष चौधरीले पनि थ्रेसर मेसिनले खेतीपातीको काम सहज बनाएको बताए । 

गोरु र कृषि मजदुरको अभाव बढ्दै गएको अवस्थामा थ्रेसर मेसिन खेतसम्म लैजान र प्रयोग गर्न सजिलो भएको उनको भनाइ छ । थ्रेसर मेसिन सञ्चालक रणबहादुर चौधरी अनुसार मेसिनको प्रयोगले किसानको समय र श्रम बचत हुनुका साथै खर्च कम लाग्ने गरेको छ । 

उनले धान र पराल छुट्याएबापत प्रतिघण्टा रु दुई हजार ३०० बराबरको ज्याला लिने गरेको जानकारी दिए । जिल्लामा थ्रेसर मेसिनको माग बढ्दै गएको उनको भनाइ छ । 

कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा ३४ हजार २३३ हेक्टरमा धानखेती हुँदै आएको छ । पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहका किसानले धान र पराल छुट्याउन थ्रेसर मेसिनको प्रयोग गर्दै आएको उनले बताए । 

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १२ : ०२ बजे

विपद्बाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको उत्पादन, प्रसारण

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर

धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

घोराही– कामदारको अभाव र ज्याला बढ्दै गएपछि यहाँका किसान धान

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज

जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस’ (तस्बिरहरु)

जनकपुरधाम– भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला