पृथ्वी जयन्ती सदर, जनयुद्ध बदर ! | Khabarhub Khabarhub

पृथ्वी जयन्ती सदर, जनयुद्ध बदर !

राप्रपा भन्छ– प्रचण्डलाई धन्यवाद !


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गत साल पुस १० गते बनेको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजेन्द्र लिङदेन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपक बहादुर सिंह सहभागी थिए । राजावादी र माओवादीसमेत मिलेर बनेको सरकारले पुस २७ को पृथ्वीजयन्ती र फागुन १ को जनयुद्ध दिवस दुबैमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोहीअनुसार आज पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक विदा दिएको छ ।

जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय भने सर्वोच्च अदालतले बदर गरिदिएको छ । माओवादीकै नेतृत्वमा सरकार बनेका बेला जनयुद्धले राष्ट्रिय मान्यता पाएन, पृथ्वी जयन्तीले भने पायो ।

गत २५ पुस, २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमै रहेका बेला मन्त्रिपरिषदले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, आफू स्वयं प्रधानमन्त्री रहेका बेला दाहालले जनयुद्ध दिवसमा भने सार्वजनिक बिदा दिन सकेनन् । सरकारले जनयुद्ध दिवसमा बिदा दिने निर्णय गरे पनि सर्वोच्च अदालतले प्रधानमन्त्री दाहाललाई झड्का दियो ।

माओवादीले २०५२ फागुन १ गते सशस्त्र संघर्ष सुरु गरेको सम्झनामा नेकपा माओवादी केन्द्रले फागुन १ गते ‘जनयुद्ध दिवस’का मनाउँदै आएको छ। सर्वोच्चले मान्यता नदिएपछि अब यो दिवस माओवादीको पार्टीगत दिवसमा सीमित हुने भएको छ ।

सरकारले सार्वजनिक विदा दिएपछि ०७९ फागुन १ गते प्रचण्डले भनेका थिए, ‘मैले ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै यो निर्णय गरेको हो । अब जनयुद्ध दिवस माओवादीको मात्रै भएन, यो अब नेपाल राष्ट्रकै सम्पत्ति भयो, आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो ।’

सरकारको त्यस निर्णय विरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वपीडितहरुले रिट निवेदन दर्ता गरे, जसमा टेकेर अदालतले फागुन १ मा बिदा दिने संघ र प्रदेश सरकारले गरेका निर्णयहरु बदर गरिदियो ।  नेपाली पात्रोमा पुस २७ गते रातो लगाएर ‘पृथ्वी जयन्ती, सार्वजनिक बिदा’ लेखिएको छ ।

राप्रपा भन्छ– प्रचण्डलाई धन्यवाद !

नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन बताउँछन् । उनी भन्छन्, ‘यो त सबैको लागि गैरवरको कुरा हो । मलाई लाग्छ, यो कुराले सबै हर्षित हुनुहुन्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा ८ हजार मानिसलाई निमन्त्रणा गरेको बताएको छ । राप्रपाले आज दिउँसो १ बजेदेखि ४ बजेसम्म भृकुटीमण्डपमा ३०२ औं पृथ्वी जयन्ती मनाउँदैछ ।

राप्रपाले सबै संसदमा भएका र नभएका सबै राजनीतिक दलका नेता, सांसद, पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, सुरक्षा अंगका प्रमुखहरु, उच्चपदस्थ सरकारी अधिकारी, संवैधानिक निकायका प्रमुख, विदेशी कूटनीतिक नियोगका प्रमुखसमेत गरेर ८ हजार जनालाई निम्तो दिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले खबरहबलाई बताए ।

पृथ्वी जयन्तीमा छुट्टी दिने नियम बसालेकोमा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवादसमेत दिए । उनले भने, ‘पृथ्वीनारायण शाहलाई अहिले जुन हिसाबले राज्यले सम्मान गरेको छ, हामीले धेरै पहिलेदेखि भन्दै आएका थियौँ । २०६२ सालदेखि हरेक प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिँदै आएका थियौँ । अरू पार्टीले दसैँ तिहारको आसपास पारेर चियापान गर्छन्, हामी हरेक पृथ्वी जयन्तीमा चियापान गर्छाैं ।हामीसहित सरकारमा भएका बेला पोहोर सालदेखि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ, यसमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद ।’

नेपाली कांग्रेसका प्रवक्ता मीन विश्वकर्मा सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गर्नु स्वाभाविक भएको बताउँछन् । दिवसमा आफूहरूलाई पनि निमन्त्रणा आएको बताउँदै उनले भने, ‘राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीमा बिदा दिनु राम्रो हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पनि आफू सरकारमा भएका बेला नै पृथ्वी जयन्तीमा बिदा दिने निर्णय भएको भन्दै पृथ्वी जयन्ती नेपालीहरूले मनाउनैपर्ने र पृथ्वीनारायण शाहलाई एक दिन सम्झनै पर्ने बताउँछन् । रास्वपा महामन्त्री मुकुल ढकाल विदा दिने सरकारको निर्णय स्वागतयोग्य भएको बताए । उनले भने, ‘हामी सरकारमा हुँदा नै बिदा दिन पहल गरेको हो । हामीले यसलाई स्वीकार र सम्मान गरेका छौं ।’

नेपाली कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई निम्तो नगरे पनि राप्रपाले सबै पार्टीहरूलाई निम्तो गरेर राजनीतिक संस्कार देखाएको ढकालले बताए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : २४ बजे

सदन खुलाउन प्रधानमन्त्री, सभामुख र ओलीबीच छलफल सुरु 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ​​​​​​​प्रतिनिधि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय

सदनको अवरोध भोलि बिहानसम्म खुल्ने प्रधानमन्त्रीको दाबी 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध भोलि बिहानसम्म खुल्ने

कांग्रेसको दाबी : समिति बनाउन प्रधानमन्त्री तयार, सत्तापक्षसँग छलफल गर्ने 

काठमाडौं– नेपाली कांग्रेसले संसद्‌मा उठाएको गृहमन्त्री रवि लामिछानेमाथिको छानबिन समिति

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर