राप्रपाले आज चियापान कार्यक्रम गर्दै, ८ हजार जनालाई निम्तो « Khabarhub

राप्रपाले आज चियापान कार्यक्रम गर्दै, ८ हजार जनालाई निम्तो


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चियापान कार्यक्रमको आयोजना गर्दैछ ।

राप्रपाले ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो ।

चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायत आठ हजारलाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

चियापान समारोह अघि सिंहदरबारस्थित सालिकमा माल्यार्पण कार्यक्रम छ । भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हॅुदै सिंहदरबार अगाडि रहेको पृथ्वी सालिकसम्म ऱ्याली र सालिकमा माल्यार्पण गरिने प्रवक्ता श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ८ : १३ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले