आजको फलफूल तथा तरकारीको मूल्य : लोकल गोलभेडा १५ रुपैयाँ « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्य : लोकल गोलभेडा १५ रुपैयाँ


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज सबैभन्दा लोकल गोलभेडा सस्तो रहेको छ । आज लोकल गोलभेडा प्रतिकेजी १५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, नेपाली ठूलो गोलभेडा ४०, अदुवा १५०, रातो आलु ३३, रातो भारतीय आलु २९ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

समितिले लोकल गाजरको मूल्य प्रतिकेजी ३५ रुपैयाँ , लोकल बन्दा २५, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ७०, हरियो फर्सी लाम्चो ५०, डल्लो हरियो फर्सी ४० रुपैयाँ तोकेको छ । यस्तै, तोरीको साग ४०, रायोको साग ३०, चमसुर, पालुँगो, मेथी, सौफको साग र जिरीको साग ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदिना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ९०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा ५०, लाम्चो भान्टा ४० र हरियो धनिया ८० रुपैयाँ पाइने समितले जनाएको छ ।

यता, हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ रहेको छ । कालो अंगुर ३२०, केरा दर्जनको १३०, अनार २५०, किबी ३००, एभोकाडो २५०, अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : १९ बजे

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ