एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा गोयल चयन | Khabarhub Khabarhub

एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा गोयल चयन


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार बैंकका सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए । उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका बैंकले जनाएकाे छ  ।

यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका हुन् । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनीत गरी पठाएको सभालाई जानकारी गराइएको थियो  ।

निर्वाचित सञ्चालकहरूको बैठकले मनोज कुमार गोयललाई नयाँ कार्यकालको अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा ३ अर्ब २२ करोड रुपैयाँ, निक्षेप २१३.०४ अर्ब रुपैयाँ र कर्जा १९७.४७ अर्ब रुपैयाँ रहेको जनाएको छ ।

बैंकले हाल देश भरी २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १२ : १७ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार