एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा गोयल चयन « Khabarhub

एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा गोयल चयन


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार बैंकका सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए । उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका बैंकले जनाएकाे छ  ।

यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका हुन् । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनीत गरी पठाएको सभालाई जानकारी गराइएको थियो  ।

निर्वाचित सञ्चालकहरूको बैठकले मनोज कुमार गोयललाई नयाँ कार्यकालको अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा ३ अर्ब २२ करोड रुपैयाँ, निक्षेप २१३.०४ अर्ब रुपैयाँ र कर्जा १९७.४७ अर्ब रुपैयाँ रहेको जनाएको छ ।

बैंकले हाल देश भरी २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १२ : १७ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका