लालसागरमा अमेरिका र बेलायती सेनाको कारबाही शुरु  « Khabarhub

लालसागरमा अमेरिका र बेलायती सेनाको कारबाही शुरु 


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– अमेरिका र बेलायती सेनाको एयरफोर्सले मध्यपूर्वी मुलुक यमनमा हुती विद्रोहीको खडामाथि विहीबार मध्यरातिदेखि हमला सुरु गरेका छन् । लालसागरमा भएको यो कारवाहीले मध्यपूर्वी देशहरूको क्षेत्री सन्तुलनमा उथलपुथल ल्याउने अनुमान गरिए पनि यो सैन्य कारवाही लालसागरको अन्तर्राष्ट्रिय समुद्री बाटोको सुरक्षा चुनौती समाप्त गर्ने मात्र उद्देश्य रहेको गठबन्धन देशहरूको दाबी छ ।  

इजरालयले गाजामाथि आक्रमण गरिरहेकै बेला इजरायलका सहयोगी देशहरूले यमनको हुती विद्रोहीमाथि हमला थालेका हुन् । यमनका हुती विद्रोहीहरू इजरायलको विरुद्धमा लडिरहेका छन् । उनीहरूलाई इरानको साथ रहेको बताइँदै आएको छ ।

साउदी अरेबियाले भने हुती विद्रोहीको विपक्षमा यमन सरकारलाई साथ दिँदै आएको छ । तर, यो हुतीमाथिको आक्रमण सुरु भएपछि साउदीले संयम अपनाउन अमेरिका र बेलायतलाई भनेको छ । 

व्यापारिक महत्वको लाल सागरमा हुती विद्रोहीले पानीजहाजमाथि आक्रमण गरेपछि त्यसैको जबाफी कारवाही थालिएको अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिक्रिया छ ।

यमनको ठूलो हिस्सा हुती विद्रोहीहरुको कब्जामा छ । उनीहरु हमासविरुद्ध लडिरहेको इजरायलको विरुद्धमा छन् ।
गत अक्टोबरदेखि आजसम्म हुती विद्रोहीले लालसागरको अन्तर्राष्ट्रिय समुद्री बाटोमा २७ वटा जहाजमाथि हमला गरेका छन् । विद्रोहीको हमलाबाट ५५ देशको व्यापार प्रभावित अमेरिकी सेन्ट्रल कमान्डको दाबी छ । 

अहिलेसम्मको विवरण अनुसार समनको राजधानी सना, लालसागरको हुदैदा बन्दरगाह, धामारउत्तर–पश्चिममा अवस्थित हुती विद्रोहीको गढमा गठबन्धन सेनाको एयर फोर्सले आक्रमण गरेको छ । 

 

हुती विद्रोही विरुद्ध अमेरिका र बेलायतले थालेको कारवाहीमा नेदरल्याण्डस्, अष्ट्रेलिया, क्यानडा र बहराइनको पनि साथ रहेको बीबीसीले जनाएको छ ।  

अमेरिकाले विहीबार राति २ बजेर ३० मिनेट जाँदा हुती विद्रोहीको अखडामा हवाई हमला गरेको थियो । यसक्रममा हुतीको राडार सिस्टम, एयर डिफेन्स सिस्टम र हतियारको भण्डारणलाई निशाना बनाइएको छ । साथै हुती विद्रोहीले ड्रोन आक्रमण, क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल हमलामा प्रयोग गर्ने स्थानलाई पनि गठबन्धन सेनाले निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।
स्रोत – बीबीसी

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : ४३ बजे

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को