एमालेले गठबन्धनलाई ध्वस्त पार्न खोज्यो : माधव नेपाल  « Khabarhub

एमालेले गठबन्धनलाई ध्वस्त पार्न खोज्यो : माधव नेपाल 


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन-समाजवादी)को तेश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफूहरू पहिले रहेका पार्टीका नेताले गठबन्धनलाई ध्वस्त पार्न खोजेको भन्दै उनीहरूलाई षड्यन्त्रलाई सफल हुन नदिने बताए। उनले गठबन्धनका साथै पार्टीलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे । 

अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धनमा मात्रै भर नगरी आफ्नो शक्ति निर्माण गर्नुपर्ने जिकिर गरे । अहिले प्रतिगामी तत्वहरूले व्यवस्थामाथि प्रहार गरिरहेको भन्दै उनले व्यवस्थाको पक्षमा उभिनेहरूलाई शत्रुको रुपमा हेर्न नहुने बताए । 

उनले आफ्नो पार्टीमा निराशा नभइ आशा रहेकाले मुलुकका सबै तहमा संगठनलाई बलियो बनाएर अघि बढ्न निर्देशन दिए । 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : ५३ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी