शिवम् सिमेन्ट्सको आठौं वार्षिक साधारण सभा सम्पन्न  | Khabarhub Khabarhub

शिवम् सिमेन्ट्सको आठौं वार्षिक साधारण सभा सम्पन्न 


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा आयोजना गरेको आठौं वार्षिक साधारण सभा कम्पनीको संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सभा सम्पन्न गरेको थियो ।

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष  २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट (शेयर प्रिमियम बापतको रकम यथावत् रूपमा कम्पनीमा नै सञ्चित राखी) अन्य सञ्चित रकमबाट शेयरधनीलाई चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख रुपैयाँ नगद लाभांश सहित १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पुँजी ४अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनश शेयर वितरण गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ५२ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड