शिवम् सिमेन्ट्सको आठौं वार्षिक साधारण सभा सम्पन्न  « Khabarhub

शिवम् सिमेन्ट्सको आठौं वार्षिक साधारण सभा सम्पन्न 


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा आयोजना गरेको आठौं वार्षिक साधारण सभा कम्पनीको संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सभा सम्पन्न गरेको थियो ।

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष  २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट (शेयर प्रिमियम बापतको रकम यथावत् रूपमा कम्पनीमा नै सञ्चित राखी) अन्य सञ्चित रकमबाट शेयरधनीलाई चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख रुपैयाँ नगद लाभांश सहित १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पुँजी ४अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनश शेयर वितरण गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ५२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका