सकारात्मक मनोवृत्तिकासाथ काम गरे समाज परिवर्तन सहज : महानिरीक्षक कुँवर « Khabarhub

सकारात्मक मनोवृत्तिकासाथ काम गरे समाज परिवर्तन सहज : महानिरीक्षक कुँवर


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सके समाज परिवर्तन सहज हुने बताएका छन् ।

‘म बदिलन्छु अनि मेरो देश बदिलन्छ’ भन्ने नाराका साथ आज काठमाडौँ फोहर संकलन दौड अभियानका क्रममा नक्सालमा आयोजित समारोहमा उनले भने , ‘यस अभियानले स्वभाविकरूपमा समाजमा चेतना फैलाउने छ,  समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्त्वपूर्ण काम गर्ने छ ।’ अधिकार र कर्तव्यलाई एकै साथ लिएर जान नसकेकाले सबै किसिमको समस्या आउने गरेकाले युवावर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उनले जोड दिए। 

त्यस अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले शुभकामनसहित आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए  ।

नक्सालस्थित नारायण चौरबाट फोहर सङकलन गर्दै सुरु भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको प्रमुखद्वार, केशरमहल चोक, लैनचौर, एम्बेस्डर होटल हुँदै पुनः नारायणचौरमा पुगेर सम्पन्न भएको थियो ।

दौडमा प्रथम हुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रु २५ हजार, तृतीय हुनेलाई रु १५ हजार तथा चौथो हुनेलाई रु पाँच हजार पुरस्कारसमेत प्रदान गरिएको थियो । दौड अभियानमा नेपाल प्रहरीका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : ०९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र