क्रेमलिनद्वारा यमनमा अमेरिका र बेलायतले गरेको आक्रमणको निन्दा | Khabarhub Khabarhub

क्रेमलिनद्वारा यमनमा अमेरिका र बेलायतले गरेको आक्रमणको निन्दा


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

मस्को– क्रेमलिनले शुक्रबार यमनमा इरान समर्थित हुथीहरूमाथि अमेरिका र बेलायतले गरेको ‘अवैध’ आक्रमणको निन्दा गरेको छ । 

गाजामा युद्धबाट प्रभावित क्षेत्र मध्यपूर्वमा पश्चिमी हस्तक्षेपविरुद्ध मस्कोले विरोध गरेको छ । शुक्रबार बेलायती र अमेरिकी आक्रमणबारे टिप्पणी गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, ‘हामी उनीहरूको निन्दा गर्छौ, अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट तिनीहरू अवैध छन् ।’

अमेरिकी र बेलायती आक्रमण लाल सागरमा यात्रा गरिरहेका इजराइल–सम्बन्धित जहाजहरूमाथि हुथी आक्रमणको प्रतिक्रियामा भएका हुन् । क्रेमलिनले भनेको छ, ‘हामीले बारम्बार हुथीहरूलाई यस्तो अभ्यास छाडन् र यसलाई अत्यन्त गलत मान्न आग्रह गरेका छौँ ।’

हुथिसको अल-मसिरा टिभी स्टेसनका अनुसार अमेरिकी र बेलायती आक्रमणले एउटा एयरबेस, विमानस्थल र अर्को सैन्य शिविरलाई निशाना बनाएका छन् । रुसको विदेश मन्त्रालयका प्रवक्ताले यसअघि आक्रमणलाई ‘क्षेत्रमा तनाव बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय कानूनको पूर्ण उल्लङ्घन’ भनेको थियो ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : १५ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला