क्रेमलिनद्वारा यमनमा अमेरिका र बेलायतले गरेको आक्रमणको निन्दा « Khabarhub

क्रेमलिनद्वारा यमनमा अमेरिका र बेलायतले गरेको आक्रमणको निन्दा


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

मस्को– क्रेमलिनले शुक्रबार यमनमा इरान समर्थित हुथीहरूमाथि अमेरिका र बेलायतले गरेको ‘अवैध’ आक्रमणको निन्दा गरेको छ । 

गाजामा युद्धबाट प्रभावित क्षेत्र मध्यपूर्वमा पश्चिमी हस्तक्षेपविरुद्ध मस्कोले विरोध गरेको छ । शुक्रबार बेलायती र अमेरिकी आक्रमणबारे टिप्पणी गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, ‘हामी उनीहरूको निन्दा गर्छौ, अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट तिनीहरू अवैध छन् ।’

अमेरिकी र बेलायती आक्रमण लाल सागरमा यात्रा गरिरहेका इजराइल–सम्बन्धित जहाजहरूमाथि हुथी आक्रमणको प्रतिक्रियामा भएका हुन् । क्रेमलिनले भनेको छ, ‘हामीले बारम्बार हुथीहरूलाई यस्तो अभ्यास छाडन् र यसलाई अत्यन्त गलत मान्न आग्रह गरेका छौँ ।’

हुथिसको अल-मसिरा टिभी स्टेसनका अनुसार अमेरिकी र बेलायती आक्रमणले एउटा एयरबेस, विमानस्थल र अर्को सैन्य शिविरलाई निशाना बनाएका छन् । रुसको विदेश मन्त्रालयका प्रवक्ताले यसअघि आक्रमणलाई ‘क्षेत्रमा तनाव बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय कानूनको पूर्ण उल्लङ्घन’ भनेको थियो ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : १५ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा